धनुषाको जनकनन्दिनी गाउँपालिकाभित्रको विद्यालयहरु २१ गतेदेखि खुल्ने
शैक्षिक वर्ष समाप्त हुन लाग्दा तथा आउँदो शैक्षिक वर्ष समेत सुरु हुने समयमा भएपनि विद्यालय सँचालन गरी बालबालिकाहरुको पठनपाठनलाई निरन्तरता दिइने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताईन् ।

२०७७ मंसिर १७ बुधबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको जनकनन्दिनी गाउँपालिकाभित्रको विद्यालयहरु आगामी मँसिर २१ गते (आईतबार) देखि खुल्ने भएको छ ।
मँगलबार गाउँपालिकाको गाउँपालिकास्तरीय बसेको शिक्षा समितिको बैठकबाट कोभिड १९ ले प्रभावित भएको बालबालिकाहरुको पठनपाठन आईतबारदेखि खोलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जानकारी दिए ।
गत चैत्तदेखि नै बन्द भएको समुदायिक तथा निजी विद्यालयहरु कोविड १९ कोरोना भाइरसको प्रभावले अझै खुल्न सकेको थिएनन् । केन्द्र सरकारले कोविड १९ बाट सुरक्षा सहितको मापदण्ड अपनाएर विद्यालय भौतिक रुपमै सँचालन गर्न कार्यविधि सार्वजनिक गरेपछि विद्यालय सँचालन गर्ने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्ष समेत रहेका गाउँपालिका स्तरीय शिक्षा समितिका सँयोजक अब्दुल बारिक शेखको अध्यध्यक्षतामा बसेको बैठकबाट गाउँपालिकाभित्रका बालबालिकाहरु अध्ययन अध्ययापनभन्दा निरन्तर विद्यालय बन्दका कारण कुबाटोतर्फ जान सक्ने अवस्थालाई मध्यनजर गर्दै बालबालिकाहरुलाई भौतिक रुपमा विद्यालयमा उपस्थित हुने गरी सँचालनमा ल्याउने निर्णय गरिएको हो ।
शैक्षिक वर्ष समाप्त हुन लाग्दा तथा आउँदो शैक्षिक वर्ष समेत सुरु हुने समयमा भएपनि विद्यालय सँचालन गरी बालबालिकाहरुको पठनपाठनलाई निरन्तरता दिइने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताईन् ।
गाउँपालिकाभित्र ११ वटा समुदायिक विद्यालय, ७ वटा सँस्थागत विद्यालय तथा ५ वटा मदरसा रहेको प्रमुख प्रशासकीय अधिकृत दासले न्यूज ब्यूरोसँग भने । उनले आगामी आईतबारदेखि विद्यालय सँचालन कोभिडबाट बच्ने मापदण्ड सहितको प्रक्रिया पुरयाएर गर्ने तयारी गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…