१८ करोडको लगानीले मिथिलाबिहारी नगरपालिकामा अस्पताल बनाउँदै मेयर यादव
मिथिला बिहारी नगरपालिकाको नगर सभाको सबैभन्दा ज्येष्ठ सदस्य लतिफ कबारीको अध्यक्षता तथा मेयर अनिल कुमार यादवको प्रमुख आतिथिमा कार्यक्रम गरिएको छ ।

२०७७ मंसिर १६ मंगलबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा १५ सैयाको अस्पताल बन्ने भएको छ ।
मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख अनिल कुमार यादवले एक समारोहबीच अस्पतालको शिलान्यास गरेका छन् । स–साना विरामीले पनि जनकपुर जानुपर्ने आवश्यकतालाई परास्त गर्नको लागि स्थानीय स्तरमै सुविधासम्पन्न अस्पताल निर्माणको लागि शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयरले स्वास्थ्य क्षेत्रमा यस्तो ठुलो र क्रान्ति परिवर्तन ल्याउने अहिलेको बर्तमान सरकारलाई धन्यवाद समेत दिए ।
नेपाल सरकारद्वारा स्वास्थ क्षेत्रमा आयाम परिवर्तन ल्याउने गरि सोमबार एकै दिन एकैपटक देशको सातै प्रदेश ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास कार्यक्रम अन्तर्गत मिथिला बिहारी नगरपालिकामा पनि गरिएको छ ।
मिथिला बिहारी नगरपालिकाको नगर सभाको सबैभन्दा ज्येष्ठ सदस्य लतिफ कबारीको अध्यक्षता तथा मेयर अनिल कुमार यादवको प्रमुख आतिथिमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख प्रशाकीय अधिकृत बिरेन्द्र लाल कर्ण,वडा नं. १ को वडा अध्यक्ष प्रमोद कुमार मण्डल, ४ को महादेव यादव, ५ को बिनोद कुमार मण्डल , ८ को जिबछ यादव , नेकपा जिल्ला सदस्य रौदी मुखिया , जिकस गुरुदेब यादव , समाजसेवी चन्द्र मण्डल , जसपा नेता सुधिर यादव (जिवछ), लगायत युवा नेता जङ्ग बहादुर यादव ,युवा नेता दिपन ठाकुर लगायत नगरपालिकाको स्थानीय आम जनसमुदायको सहाभागितामा शिलान्यास गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…