कमला बचाउ अभियानको डिपिआर तैयार गर्छौ : मेयर बरबरिया
कमला नदी किनारमा रहेको हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताउँदै अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे ।

२०७७ मंसिर १४ आइतबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियानको डिपिआर तयार गर्ने बताएका छन् ।
प्रदेश नं. २ को सिरहा जिल्लाको सिरहा नगरपालिकाको आयोजनामा कमला नदीको अस्तित्व बचाउने हेतु सँचालन गरिएको कमला बचाउ अभियानको दोस्रो वार्षिकोत्सवको अवसरमा विशिष्ट अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले अभियानको डिपिआर तयार गरी कमला नदीको अस्तित्व संरक्षणमा थप बल प्रदान गर्ने बताएका हुन् ।
अभियानको दोस्रो वार्षिकोत्सवको अवसरमा कमला बचाउ अभियानको डिपिआर गरी अव एउटा ठोस योजना बनाएर आगाडी बढनु जरुरी रहेको बताए । सम्पुर्ण कमला अभियानीले एउटा एउटा बोटबिरुवा रोप्नु र यसलाई संरक्षण गर्नु पर्ने मेयर बरबरियाले बताए ।

कमला अभियानी नामको लागी मात्र नभई आफ्नो तवर बाट अभियानलाई सघाउन एउटा बिरुवा लाग्न आग्रह समेत गरे । आउने दिनहरुमा एउटा मास्टर प्लान तहत यो अभियानलाई आगाडी बढाउन जरुरी रहेको उनले जिकिर गरे ।
कमला नदी किनारमा रहेको हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताउँदै अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता एवम आन्तरिक मामला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी प्रदिप कणेल, कमला नगरपालिकाका मेयर रामउदघार गोईत, प्रहरी निरीक्षक उमा पजियार, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झा, क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा, सहकारीका ध्रुव नारायण यादव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…