३ सय ५१ जनालाई कान्छो मेयरको सहयोग
न्यूज ब्युरो || धनुषा, २७ माघ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ३ सय ५१ परिवारलाई राहत प्रदान गरेका छन् । नगरपालिकाको वडा नं. ३ स्थित जनता ईकाई माविको प्राँगनमा वडा नं. २ का बाढी पीडितलाई राहत वितरण गरिएको हो । मुलुककै कान्छो मेयरको रुपमा परिचित मेयर बरबरियाकै अगुवाईमा गणतन

२०७४ माघ २७ शनिबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
धनुषा, २७ माघ ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ३ सय ५१ परिवारलाई राहत प्रदान गरेका छन् ।
नगरपालिकाको वडा नं. ३ स्थित जनता ईकाई माविको प्राँगनमा वडा नं. २ का बाढी पीडितलाई राहत वितरण गरिएको हो ।
मुलुककै कान्छो मेयरको रुपमा परिचित मेयर बरबरियाकै अगुवाईमा गणतन्त्र चिनको सहयोगमा राहत बितरण भएको हो ।
वडा अध्यक्ष जैसी भिनबार लगायत सामुदायिक सुधार केन्द्रका प्रतिनिधि, सुरक्षाकर्मीहरुको उपस्थितमा स्थानीय बाढी पीडितहरुलाई राहत वितरण गरिएको जनाइएको छ ।
बाढी पीडितलाई सहयोगार्थ प्राप्त प्रति परिवार १ ग्यास चुल्हा, २ ब्लान्केट, २ कम्बल, ३ वटा तौलिया, नेट, गमछा, ब्रस, पेष्ट, लुगा धुने साबुन, पानी सफा गर्ने फिल्टर, बाल्टीन, जग, दुईटा कप, चम्च, डेक्ची, थाल सहित ग्लास लगायतका समाग्रीहरु प्रदान गरिएको मेयर बरबरियाले जनाए ।
राहत वितरणमा स्थानीय युवा मनोज यादव, उपेन्द्र ठाकुर, राजेश यादव लगायतका युवाहरुले सक्रिय सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…