बर्दिवास घटनामा रौतहटका सिडिओलाई 'मेची-महाकाली बुहारी आवाज' को ज्ञापन
त्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।

२०७७ मंसिर १२ शुक्रबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । महोत्तरीको बर्दिवासका ६ वर्षीय बालिकालाई बलात्कार गरि हत्या गर्ने जो कोहीलाई कानुनी कार्यवाही गर्नु पर्ने माग गर्दै रौतहटको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादवलाई मेची महाकाली बुहारी आवाज प्रदेश नम्बर २ ले ज्ञापन पत्र बुझाएका छन ।
प्रदेश २ का संयोजक पुजा पाठक सहित महिलाकर्मी लगायतको सहभागीतामा विहिबार प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापन पत्र बुझाइएको संयोजक पाठकले बताउनुभयो ।
गत आइतबारदेखि हराएकी महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकाको शव बोराभित्र कोचिएको अवस्थामा खाली चौरमा सोमबार मध्यराति भेटिएको थियो ।बालिका हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ का अरुण साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।
त्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
प्रहरीको गोली लागेपछि घाइते भएका न्यौपानेको उपचारको क्रममा मङ्गलबार राति काठमाण्डौमा ज्यान गएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…