रँगभेद विरुद्धमा डा. सिके राउतको जनमत, गाउँ गाउँमा स्थापित हुँदै
२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।

२०७७ मंसिर ११ बिहीबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्येक वर्षझै यसवर्ष पनि विभिन्न ठाउँमा रँगभेदी दिवस मनाएको छ ।
रँगको आधारमा गरिने व्यवहार विरुद्ध डा. राउतले चालेको अभियानलाई निरन्तरता दिँदै रँगभेद एकता दिवस विभिन्न ठाउँमा मनाएको हो । सोही क्रममा सिरहा जिल्ला स्थित नरहा गाउँपालिका वडा नम्बर ३ मा पनि रंगभेद विरुद्धको एकता दिवस मनएको हो ।
सोही क्रममा जनमत पार्टी नरहा गाउँपालिका वडा नं ३ को वडा अधिवेशन गरी ११ सदस्य वडा समिती गठन गरिएको छ। उक्त अधिवेशन बाट उमा नाथ महतो ज्युको अध्यक्षतामा ११ सदस्य वडा समिति र उक्त वडामा रहेका टोलहरुमा टोल समिति सर्वसहमतिबाट निर्वाचित गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी मुस्लिम जनमत संघ सिरहाका अध्य्क्ष मेहेरे आलम, विद्यार्थी जनमत संघ सिरहाका अध्य्क्ष अरविन्द सहनी, जनमत पार्टी सुचना तथा संचार प्रमुख रंजित यादव , जनमत पार्टी नरहा गाउँपालिका वडा नम्बर २ का अध्य्क्ष राधा कृष्ण यादव, जिल्ला अधिवेशन समिति सदस्य नेत्री कविता सिंह लगायत स्थानीय वासिन्दाहरुको उपस्थिथि रहेको थियो।
६ वर्ष अगाडि काठमाडौंमा मधेशीहरुलाई रंगका आधारमा पक्राउ गरेको विरोधमा प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको एकता दिवस मनाइन्छ।
२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
नेपालमा रंगका आधारमा मधेशी–थारु–जनजातिहरुसँग विभेद भइरहेको भन्दै विरोध गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…