बर्दिवास घटनाको विरोधमा जलेश्वरका युवाहरुद्धारा मुखमा कालोपट्टि
उता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटना बिरुद्ध आज साँझ भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।

२०७७ मंसिर १० बुधबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको बर्दिबास घटनाको बिषयलाई लिएर आज ९बुधबार० महोत्तरीको सदरमुकाम जलेश्वरमा समेत स्वतन्त्र युवाहरुले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा बर्दिबासको घटनालाई लिएर स्वतन्त्र युवाहरूद्वारा मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो ।
६ वर्षीया वालिका गुलबसा खातुनको हत्याको विरोधमा मँगलबार बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीले दमन गरि आन्दोलनकारी माथी चार राउण्ड गोलि प्रहार गर्दा स्थानीय तिन जना व्यक्ति घाईते भएकोमा एक जनाको ज्यान गएको हो ।
घाईते मध्येका स्थानीय युवक संजय न्यौपानेको उपचारको क्रममा बुधबार बिहान काठमाण्डौमा मृत्यु भएपछि युवाहरुले सरकार विरुद्ध साँकेतिक विरोध प्रदर्शन गरेका छन् । न्यौपानेलाई प्रहरी प्रशासनले हत्या गरेको भन्दै त्यसको विरोधमा महोत्तरीको जलेश्वर नगरपालिकामा बुधबार युवाहरुद्वारा मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिएको युवा नेता आशुतोष झा नवीनले जानकारी दिए ।
प्रदर्शनमा सहभागीहरुले जनतालाई गोली हान्ने प्रहरीलाई कारवाही गर, संजय न्यौपानेलाई सहिद घोषणा गर, बलात्कारीलाई फाँसी दे, ६ वर्षीया बालिका गुलबसा खातुनलाई न्याय दे लगायतको नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।
उता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटना बिरुद्ध आज साँझ भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…