सिरहाको गोलबजारमा प्रहरी छेउमै खुल्लेआम यौनधन्दा, यौनकर्मी भन्छन -'प्रहरी पनि आउँछन'
प्रहरीहरु पनि बाहिरबाट यहाँ आएर बसेपछि यौन प्यास मेटाउन यही आउने गरेको : यौनकर्मी

२०७७ मंसिर ८ सोमबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाको गोलबजार स्थित प्रहरी कार्यालय छेउमै खुल्लेआम यौनधन्दा भइरहेको छ ।
गोलबजार नगरपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालयको छेउमै निर्वाध रुपमा अवैद्य रुपमा यौनधन्दा सँचालनमा रहेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट पनि प्रहरीहरु यौनकर्मी कहाँ यौन प्यास मेटाउन पुगेको यौनकर्मीहरु बताउँछन् । (भिडियो प्रमाण सुरक्षित)
गोलबजारको अधिकांश ठाउँमै खुल्लेआम यौनधन्दा भएपनि प्रहरी मौन बसेको छ । केही दिन अघि मात्र एक होटल सँचालकबाट प्रहरीले यौन धन्दा गर्न दिए वापत मासिक रुपमा रकम तिर्ने गरेको खुलासा भएको थियो भने न्यूज ब्यूरोका सहकर्मी सबिन यादवले स्टीँग अपरेशन गर्दै यौनधन्दा प्रहरीकै रोहबर र मिलोमत्तोमा सँचालन भएको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारको पूर्वपट्टी छेउमा रहेको एक घरमा महिलाले यौनधन्दा चलाउँछिन । स्टीँग अपरेशनको क्रममा यौनधन्दा चलाउने महिला भन्छिन्–“यहाँ प्रहरी स्वयंम पनि आई गरेर जान्छन्, हामीले के को डर ?”
यौनधन्दा सँचालन गर्ने महिलाले आफू पनि प्रहरीको नम्बर राखेको तथा प्रहरीले पनि आफ्नो नम्बर राखेको एक गोप्य भिडियोमा बताउँछिन् । उनले केही समस्या परेको बेला प्रहरीलाई नै बोलाउने गरेको भनेकी छन् ।
अहिले पनि गोलबजारमा यौन धन्दा फस्टाएको छ । सिरहाको विभिन्न बजारमध्ये गोलबजार पनि एक नमुना बजारको रुपमा परिचित छ । पूर्वपश्चिम राजमार्गमै पर्ने गोलबजारको विभिन्न होटलहरुमा खुल्लेआम यौनधन्दा भइरहेको पाइएको छ ।
स्टीँग अपरेशनको क्रममा लिइएको एक भिडियोमा महिलाले प्रहरीहरु पनि बाहिरबाट यहाँ आएर बसेपछि यौन प्यास मेटाउन यही आउने गरेको बताएकी छन् । केही महिना अघि नै न्यूज ब्यूरोका सहकर्मी सबिन यादवले स्टीँग अपरेशन गर्दा प्रहरीले होटल, लज, गेष्ट हाउसबालाहरुसँग यौनधन्दा वापत अवैद्य रकम उठाउने गरेको अडियो सहित खुलासा गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…