सिरहा बरियारपट्टि गाउँपालिका विरुद्ध मुद्दा, गाउँसभा रद्द हुने सम्भावना !
गाउँपालिकाले कानुन विपरित कार्तिक २ गतेमा गरेको गाउँसभा कानुन विपरित रहेको भन्दै रद्द गर्न रिट दायर

२०७७ मंसिर ६ शनिबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा स्थित बरियारपट्टि गाउँपालिकाको बजेट निकास तत्कालै नगर्न उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
कानुन विपरीत गाउँ सभा गराएको भन्दै बरियारपट्टि गाउँपालिकाकाी उपाध्यक्ष र केही वडा अध्यक्षहरु सहित कानुनका विद्यार्थी गुमस्ता कुमार यादवले सँयुक्त रुपमा उच्च अदालत जनकपुर राजविराज ईजलासमा मुद्दा दायर गरेको हो ।
गाउँपालिका प्रमुख सँतोष कुमार महतो (सिँह) ले केही वडाध्यक्ष सहित जनप्रतिनीधिसँग धोकाधरी गरी जालसाजीपूर्वक गाउँसभा गराएको आरोप सहित मुद्दा दायर गरिएको हो । वडा नम्बर ४ का वडाध्यक्ष नविन कुमार यादव, वडा नम्बर १ का वडाध्यक्ष नेवा लाल यादव, गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादव वा गुमस्ता कुमार यादव सहितले सँयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।
मुद्दा उपर सुनुवाई गर्दै उच्च अदालत जनकपुरको राजविराज ईजलासले आगामी मँसिर १४ गते गाउँसभाको सक्कल निर्णय र बजेट बाँडफाँडको सक्कलै कागजात लिएर उपस्थित हुनु आदेश गरेको हो । गाउँसभा कानुन विपरित गरिएको तथा वडामा समेत बजेट बाँडफाँड कानुन विपरित तथा असमान रुपले गरेको भन्दै तत्कालै बजेट निकास रोक्का गर्न निवेदकहरुले माग गरेको थियो ।
सोही निवेदन उपर सुनुवाई गर्दै गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभालाई गाउँसभाका कागजातहरु सक्कल लिएर अदालतमा उपस्थित हुन आदेश गरेको हो ।
सो सन्दर्भमा कानुनका विद्यार्थी गुमस्ता कुमार यादवले फर्जी हिसाबले तथा कानुन विपरित गरिएको गाउँसभा रद्द हुने सम्भावना रहेको जिकिर गरेका छन् ।
असार १० गतेभित्र परिषद गरिसक्नुपर्ने प्रावधान रहेपनि बरियारपट्टि गाउँपालिकाले कानुन विपरित कार्तिक २ गतेमा गरेको गाउँसभा कानुन विपरित रहेको भन्दै रद्द गर्न रिट दायर गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…