बर्दिवासको चित्रगुप्त ईन्स्टीच्यूट नियम विपरित रकम असुल्दै, नेविसँघ एक्सनमा
नेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।

२०७७ कार्तिक २६ बुधबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बरको २ को महोत्तरी बर्दिवास स्थित रहेको चित्रगुप्त ईन्स्टीच्यूट अफ टेक्नोलोजीले विद्यार्थीहरुबाट अवैद्य रुपमा रकम असुलेको भन्दै फिर्ताको माग गरिएको छ ।
नेपाल विद्यार्थी सँघ (नेविसंँघ) सिटिईभिटी प्रदेश नम्बर २ कमिटिले बुधबार कलेजमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुबाट सिटिईभिटीको प्रावधान विपरित असुलेको रकम फिर्ताको माग गरेको हो ।
नेविसँघ सिटिईभिटी प्रदेश नम्बर २ का सँयोजक ईन्द्रजीत गोईतले सिएमएको मार्कसिट उपलब्ध गराउनको लागि लिएको प्रति विद्यार्थी ३००० रुपैयाँ फिर्ता गर्न माग गरेको हो । सिटिईभिटी प्रदेश नम्बर २ कार्यालयलाई बोधार्थ गर्दै कलेको प्रशासनलाई समेत बोधार्थ गर्दै यथाशिघ्र रकम फिर्ता गर्न माग गरेको हो ।
उनीहरुले २ दिनभित्र विद्यार्थीहरुको रकम फिर्ता गर्न माग गर्दै त्यस्तो नगरे अर्को विकल्प खोज्ने चेतावनी समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…