लहानको पब्लिक हिमाल इन्स्टिच्यूटद्धारा विद्यार्थीबाट अबैद्य असुली, नेविसँघको अल्टिमेटम
३ दिनभित्र प्रशासनले र सम्बन्धित निकायले अनुगमन गरी कारवाही नगरे कलेजमै तालाबन्दी गर्ने चेतावनी

२०७७ कार्तिक २३ आइतबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहान स्थित रहेको पब्लिक हिमाल ईन्स्टिच्यूट अफ टेक्नोलोजी कलेजले विद्यार्थीहरुबाट अवैद्य रुपमा रकम असुली गरेको भन्दै फिर्ताको माग गरिएको छ ।
नेपाल विद्यार्थी सँघ सिटिईभिटी प्रदेश नम्बर २ का अध्यक्ष ईन्द्रजीत गोईतको नेतृत्वमा गएको विद्यार्थीहरुको एक टोलीले लहान स्थित रहेको सो कलेजले विद्यार्थीहरुबाट अवैद्य रुपमा १५ हजार रुपैयाँ धरौटी लिरहेको सुचनाको आधारमा कानुन विपरित भएको भन्दै फिर्ताको माग गरेको हो ।
आईतबार सिटिईभिटी प्रदेश नम्बर २ को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै नेविसँघको टोलीले सामान्य चिकित्सा कार्यकममा अध्ययन गर्ने र आवेदन फारम भर्ने विद्यार्थीहरुलाई धरौटी शुल्क वापत १५ हजार रुपैयाँ प्रति विद्यार्थी लिरहेको भन्दै सो नलिन तथा लिएको रकम फिर्ता गर्न माग गरिएको हो ।
कलेजले सिटिईभिटीको नियम विपरित परिक्षा फारम खोलेको प्रति समेत ध्यानाकर्षण भएको भन्दै तत्काल धरौटी रकम रोका हुनुपर्ने, परिक्षा फारम सिटिईभिटीको सूचना नआउन्जेलसम्म फारम रोक्नु पर्ने, अनलाईन पठनपाठनको बाहनामा अशुल गरेको शुल्क बिचार गरेर फिर्ता गर्नुपर्ने, भौतिक पुर्वाधार मापदण्डअनुसार शिक्षालय सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।
सँघले मागलाई समयमै सम्बोधन नगरी बेवास्ता गरिए त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयंम कलेज हुने भन्दै चेतावनी समेत दिएको हो । उनीहरुले ३ दिनभित्र प्रशासनले र सम्बन्धित निकायले अनुगमन गरी कारवाही नगरे कलेजमै तालाबन्दी गर्ने चेतावनी समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…