जनकपुरबाट तास खेल्ने ८ जना पक्राउ
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

२०७७ कार्तिक २२ शनिबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरबाट तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ स्थित रहेको राजदेवी मन्दिर पछाडी रहेको डिके होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले तास खेलिरहेकै अवस्थामा १ लाख ६३ हजार ६६० रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने बर्ष ४० को गणेश साह, वडा नं. ५ बस्ने बर्ष ३७ को कैलाश प्रसाद गुप्ता, वडा नं. ४ का ३४ बर्षिय बेचन साह, वडा नं. १ का बर्ष ३५ को सँजीप ठाकुर, वडा नं. ५ कै बर्ष ४३ का होटल सँचालक समेत रहेका दिलीप मण्डल, वडा नं. २ का विनय साह, बद्रि साह र वडा नं. ५ कै शिवु मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…