स्थापना दिवसमा विद्यार्थी फोरमको दीप प्रज्वलन
दीप प्रज्वलन कार्यक्रममा फोरमका जिल्ला सदस्य पँकज यादव, विशाल यादव, बजरँगी यादव, सत्रुध्न यादव, दिपु गोईत, मनोज विराजी, फेकु यादव, सुमित साह, विनित यादव र पँकज गोईत सहितको सहगभागिता रहेको थियो ।

२०७७ कार्तिक २१ शुक्रबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न जनआन्दोलनबाट प्राप्त भएको उपलब्धीहरुलाई बरकरार राख्नको लागि सँघर्षरत नेपाल विद्यार्थी फोरमले ११ औं स्थापना दिवस मनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित रेल्वे स्टेशनमा फोरमका केन्द्रीय सदस्य पुरुषोत्तम यादवको नेतृत्वमा आफ्नो ११ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
विद्यार्थी फोरमको पूर्वघोषित कार्यक्रम अनुसार देशव्यापी रुपमा विहिबार देशको विभिन्न स्थानमा स्थापना दिवस मनाएको हो । सोही क्रममा जनकपुरमा रेल्वे स्टेशन स्थित दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको केन्द्रीय सदस्य यादवे जानकारी दिए ।
गैर राजनीतिक समूहको रुपमा गठित विद्यार्थी फोरमले जनआन्दोलन तथा २०६२ ०६३ को मधेश, थरुहट आन्दोलनको उपलब्धीहरुलाई सँस्थागत गर्ने उदेश्य सहित गठन गरिएको हो । विहिबार साँझ ६ बजे दीप प्रज्वलन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा फोरमका जिल्ला सदस्य पँकज यादव, विशाल यादव, बजरँगी यादव, सत्रुध्न यादव, दिपु गोईत, मनोज विराजी, फेकु यादव, सुमित साह, विनित यादव र पँकज गोईत सहितको सहगभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…