नेकपाका परिचित नेता सहित कार्यकर्ताहरु जसपामा,अर्थमन्त्री यादवद्धारा स्वागत
अन्य कार्यकर्ताहरुलाई पनि अध्यक्ष यादवले माला र टिका लगाउँदै पार्टी प्रवेश गराएका हुन् ।

२०७७ कार्तिक २० बिहीबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का चिरपरिचित नेता सहित करिब अढाई सय कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
विहिबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा आयोजित एक कार्यक्रममा नेकपाका नेता अजित पासवान सहित अढाई सय कार्यकर्ता जसपामा पार्टी प्रवेश गरेका हुन् ।
नेता पासवान सहित कार्यकर्ताहरुले नेकपाले आफूहरुलाई ठगेको भन्दै जसपामा प्रवेश गरेको बताएका छन् । उनीहरुलाई प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका जसपा प्रदेश नम्बर २ का अध्यक्ष विजय कुमार यादवले टिका र माला लगाएर स्वागत गरेका हुन् ।
अन्य कार्यकर्ताहरुलाई पनि अध्यक्ष यादवले माला र टिका लगाउँदै पार्टी प्रवेश गराएका हुन् । यसअघि पनि विभिन्न स्थानमा नेकपा पार्टी परित्याग गरी जसपामा प्रवेश गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…