२०१ बोतल कोरेक्स सहित एक यूवक पक्राउ
पक्राउ परेका किशोरको साथबाट २०१ बोतल कोरेक्स र नाईट्राभेट ट्याब्लेट ७ पता बरामद भएको बिओपी त्रिभिवन नगरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका किशोरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार नै बुझाईएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

२०७७ कार्तिक १९ बुधबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सिमा सुरक्षा बलले सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा नं।११ बस्ने १६ वर्षिय किशोर अजय गिरी रहेका छन ।
भारतबाट लागुऔषध लिएर आउँदै गरेको समयमा ब्रहम्पुरी गाउँपालिका वडा नं। ४ त्रिभुवननगरको सेखटोलबाट सोमबार सिमा गस्तीमा खटेको सशस्त्र प्रहरीको टोलीले गिरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका किशोरको साथबाट २०१ बोतल कोरेक्स र नाईट्राभेट ट्याब्लेट ७ पता बरामद भएको बिओपी त्रिभिवन नगरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका किशोरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार नै बुझाईएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…