सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा
देवताल गाउँपालिकामा भ्रष्टाचार नै मौलाएको र विकास भन्दा विनाश बढी हुने गरेको प्रतिपक्षी दलका नेताहरुको भनाइ रहेको छ । अहिले देवताल गाउँपालिका प्रमुख चन्दन सिँह कमिसनको खेलमा लागेकोले सार्वजनिक जग्गा अतिक्रमण हुदाँ पनि बोल्न सकेका छैनन् ।

२०७७ कार्तिक १९ बुधबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको देवताल गाउँपालिका वडा नम्बर २ गम्हरियामा रहेको सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।
गम्हरिया गाउँमा जाने नहरको छेउमा रहेको ५ बिगाहा १० कठ्ठा सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा पर्दै गएको स्थानीयबासीले जानकारी दिएका छन् । ५ बिगाहा १० कठ्ठा सार्वजनिक जग्गा अहिले १० कठ्ठामा मात्र सीमित हुन पुगेको स्थानीय सर्वजित यादवले बताउनुभयो ।
पहिला तब ठूलो चौर नै थियो ,अहिले हड्पने काम भएको छ ,बोल्ने कोही नभएर मनोमानी खेतको कटानी गरेको स्थानीयबासी यादवको भनाइ रहेको छ । खेतीयोग्य जमिन बनाएर अहिले आफ्नो कित्तामा मिलाउन थालेपनि गाउँले केही गर्न नसकेको अर्का स्थानीयबासी नरेश राउत अहिरले बताउनुभयो ।
भैँसी र गाई गम्हरिया यहीँ जग्गा राख्ने अर्थात बथान थियो ।तर दिनप्रतिदिन अहिले खेत बालाले हडिपरहेको स्थानीय नरेश राउत अहिरको भनाइ रहेको छ ।छेउमा मठपनि छ । रेखदेख गर्ने कोही छैन ।
गाउँका भद्र भलादमीले समेत वास्ता गर्न छाडि दिएको स्थानीय यूवा मुकेश यादवले बताउनुभयो । अहिले झन् जनप्रतिनिधि आएको अवस्थामा केही नहुनु दुखद भएको यूवा मुकेश यादवको भनाइ रहेको छ ।
वडा नम्बर २ का वडाध्यक्ष रमेश प्रसाद यादवले गम्हरियामम त्यस्ता धेरै सार्वजनिक जग्गा अतिक्रमण चपेटामा परेको र गाउँपालिकालाई जानकारी गराउँदा समेत बेवास्ता गर्ने गरेकोले आफूले केही गर्न नसकेको बताउनुभयो ।
देवताल गाउँपालिकामा भ्रष्टाचार नै मौलाएको र विकास भन्दा विनाश बढी हुने गरेको प्रतिपक्षी दलका नेताहरुको भनाइ रहेको छ । अहिले देवताल गाउँपालिका प्रमुख चन्दन सिँह कमिसनको खेलमा लागेकोले सार्वजनिक जग्गा अतिक्रमण हुदाँ पनि बोल्न सकेका छैनन् ।
गम्हरिया मात्र होईन ,पिपरपाती ,पिप्राढी ,धुराहा ,फुलवरिया ,रौवाही ,रामपुर जबकामा समेत सार्वजनिक जग्गा अतिक्रमणको चपेटा परेको स्थानीय सामाजिकसेवीहरुको भनाइ रहेको छ।जनप्रतिनिधिले नै संरक्षण गर्नुपर्ने भएपनि उनीहरुकै संलग्नतामा सार्वजनिक जग्गा मिच्ने काम भएको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…