शहिदको सपना साकार पार्दै प्रतिक्रियावादीहरुलाई पन्छाउने छौं : मेयर बरबरिया
विकासको मूल जागिरहेको अवस्थामा केही प्रतिक्रियावादीहरुले त्यसको विरोध गरी आम नागरिकलाई समेत विकासबाट बञ्चित गराउन खोजेको आरोप

२०७७ कार्तिक १८ मंगलबार, बिहान ७:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगर विकासमा अवरोध तथा प्रतिक्रियावादीहरुलाई विकासको माध्यमले पन्छाउने बताएका छन् ।
नगरपालिकाको विभिन्न वडामा विकासको मूल जागिरहेको अवस्थामा केही प्रतिक्रियावादीहरुले त्यसको विरोध गरी आम नागरिकलाई समेत विकासबाट बञ्चित गराउन खोजेको आरोप लगाए । शहिदनगर नगरपालिकाको वडा नं. ६ हडबारा स्थित स्वास्थ्यचौकी र वडा कार्यालयको उदघाटन गर्दै मेयर बरबरियाले सो कुरा बताएका हुन् ।
केही बर्ष अगाडी नै शहिदनगर नगरपालिका क्षेत्र पनि जनप्रतिनीधि बिहिन भई लथालिँग रहेको विकास निर्माणका कार्यहरुले अहिले निरन्तरता पाएपछि प्रतिक्रियावादीहरुले मुख खोल्न थालेको बताए । उनले शहिद कामेश्वर कुशेश्वरको समृद्धिको सपनालाई साकार पारेर उनीहरुको मुख बन्द गर्ने बताए ।

नेकपाको प्रदेश २ कमिटि सदस्य समेत रहेका मेयर बरबरियाले हरेक कुरामा राजनीति नगर्न आग्रह गर्दै जनताको विकासको लागि सबै दल मिलेर काँधमा काँध मिलाए मात्र शहिदको सपना साकार हुने बताए । उनले विकास विरोधी र प्रतिक्रियावादीहरुको मुख विकासले बन्द गर्ने बताए ।
मेयर बरबरियाको अध्यक्षता तथा नेकपा धनुषा जिल्ला ईन्चार्ज योग कुमार (श्रवण) कुमार बरबरियाको प्रमुख आतिथ्यमा सँयुक्त रुपमा स्वास्थ्यचौकी र वडा कार्यालयको उदघाटन गरिएको हो ।
सो क्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता श्रवण कुमार बरबरियाले विकासको एकता संकटमा पर्नु दुःखद भएको बताउँदै पार्टी एकता नचाहेको बेला पार्टी एकता भएकोप्रति गुनासो पोखे ।
उनले समाजमा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक जस्ता भौतिक तथा बौद्धिक पूर्वाधारले समाजको बिकासमा अथक योगदान पुर्याउने बताए । उनले भने, ‘समाजको बिकास भए, गाउँ र नगर हुँदै देशको बिकास हुने भएकोले गाउँ र टोल स्तरबाट बिकास मुल फुटाउन आवश्यक छ ।’
उदघाटन कार्यक्रममा विशिष्ट अतिथि नेकपाका धनुषा जिल्ला अध्यक्षत राजकिशोर यादवले शहिदनगरको विकासमा सबैले हातमा हात मिलाएर अगाडी बढनुपर्ने बताए ।
उदघाटन कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष राम एकवाल मण्डल, उपमेयर शिला देवी कापर, वडा नं. ८ का वडाध्यक्ष, स्थानीयवासीहरु तथा विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…