सिरहामा एकै परिवारका दुई बालक पोखरीमा मृत भेटिए
माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने वडाध्यक्ष अनिसुल अन्सारीले बताए । उनले घटनाप्रति दुस्ख पनि व्यक्त गरे । मृतक दुवै बालकको शव पोस्टमार्टम रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।

२०७७ कार्तिक १२ बुधबार, दिउँसो १:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकै परिवारका दुई बालकको शव पोखरीमा फेला परेको छ ।
नरहा गाउँपालिका(३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद यहसानको शव सोमबार बेलुका पोखरीमा भेटिएको हो ।
उनीहरू दिउँसो ३ बजेदेखि नै बेपत्ता थिए । खोजी गर्ने क्रममा दुवै दाजुभाइको शव बेलुकी ७ बजे पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोरिया गाउँदेखि करिब सात सय मिटर पश्चिममा रहेको पोखरीमा दुवै बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० सन्तुलाल जैसवारले बताए ।
माछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने वडाध्यक्ष अनिसुल अन्सारीले बताए । उनले घटनाप्रति दुस्ख पनि व्यक्त गरे ।
मृतक दुवै बालकको शव पोस्टमार्टम रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…