कारले ठोक्दा एक जनाको घटनास्थलमै मृत्यू
ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको

२०७७ कार्तिक १२ बुधबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नं. २ को सप्तरीमा कारले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत सप्तरीको बरमझियामा बुधबार बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए ।
पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
#Thakkar #Car_Accident #Sapatari
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…