गैर-जिम्मेवार कानुनमन्त्री
कोरोनाको कारण प्रदेश नं. २ का सय बढीको ज्यान गएको अवस्था छ ।

२०७७ कार्तिक ११ मंगलबार, बिहान ९:०७ बजे२ मिनेट पढाइ

सम्पादकीय | प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव सोमबार धनुषाको ललियामा खेल समापन कार्यक्रममा हजारौंको सँख्यामा उपस्थित दर्शकबीच उपस्थिति जनाउनुभयो ।
कोरोना समुदायस्तरसम्म पुगेर समुदायलाई तहस नहस पारेको बेला कानुनमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सेर हजारौंको भीडमा भाषण पनि ठोक्नुभयो । आम नागरिकप्रतिको जिम्मेवारी बहन गर्नुपर्नेमा मन्त्री यादवले कोरोनाकालमा पनि मालाको मोह छोडनु भएन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ५ ललियामा सम्पन्न भएको भलिबल च्याम्पीयनसिपको समापन कार्यक्रममा मन्त्री यादवले बिना मास्क र समाजिक दुरीको हजारौंको सँख्यामा उपस्थित भएका नागरिकहरुको बीचमा मँचबाट कोरोना महामारीको बारेमा जनचेतना दिनुको साटो राजनीतिक भाषण हानेर कोरोनालाई नजरअन्दाज गरेको देखिए ।
कोरोनाको कारण प्रदेश नं. २ का सय बढीको ज्यान गएको अवस्था छ । स्थानीय प्रशासनले कोरोनाको महामारीमा भीडभाड नगर्न निरन्तर आग्रह गरेपनि त्यसलाई प्रदेश नं. २ का मन्त्रीहरुले निरन्तर उलंघन, अजरअन्दाज र निरन्तर चुनौति दिँदै आएको छ । जसले गर्दा खतरा मन्त्री भन्दा पनि आम नागरिकमा बढी भएको छ । मन्त्रीहरुले सुरक्षा अपनाएपनि आम नागरिकसँग न त मास्क हुन्छ न त सेनिटाईजर तथा समाजिक दुरी पनि ।
कोरोना रोकथामको लागि करोडौं रुपैयाँ खर्च गरेको भनेर ठाउँ ठाउँमा भाषण ठोक्ने प्रदेशका मन्त्रीहरु आफैंले लगाएको नियमलाई धज्जिया उडाउँदै आएको छ । भीडभाड नगर्न भनेर बारम्बार प्रदेश सरकारले सूचना जारी गरेर आफैं पनि मालाको मोहमा मन्त्रीहरु त्यसलाई तोडने गरेको छ ।
केही दिन अघि धनुषाको सबैलामा जनता समाजवादी पार्टीले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा पनि सयौंको सँख्याबीच केन्द्रीय नेतादेखि मन्त्रीसम्म भाषण ठोकेका थिए । जबकी सोही नेताहरु अन्य ठाउँमा कोरोना भन्दै भीडभाड नगर्न सल्लाह दिँदै हिडछन् ।
हजारौंको भीडमा एक जनामा भएको सँक्रमणले कैयौं जनालाई फैलिन सक्ने प्रबल सम्भावना रहेपनि कानुनमन्त्री यादवले सोको ख्यालै नगरी भाषण ठोक्न व्यस्त देखिए । सो ठाउँबाट सँक्रमण फैलिए सरुवा रोग सँक्रमण ऐन बमोजिम कानुमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…