सिरहाको भूमिजा हस्पिटलद्धारा महिला र बच्चालाई निःशुल्क उपचार सहित उद्धार
उपचारपछि उनलाई व्यवस्थापन गर्न वीरगँज स्थित रहेको मानव सेवा आश्रमलाई जिम्मा लगाएको

२०७७ कार्तिक १० सोमबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । बिना रकमको उपचार नगर्ने होडमा रहेको विभिन्न नीजि अस्पतालको बीचमा सिरहाको एक अस्पतालले मानवताको उदाहरण दिएको छ ।
सिरहाको गोलबजार नगरपालिका – ४ गोलबजार बजारमै रहेको भूमिजा हस्पिटलले सडके महिला र उनको बच्चालाई निःशुल्क उपचार गरी उद्धार गरेको छ । मानसिक अवस्था कमजोर रहेकी सो महिलाले विभिन्न ठाउँमा दुर्घटना गराउँदै आएपछि गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले उद्धार गर्न लगाएको बताईएको छ ।
“महिलाको मानसिक अवस्था कमजोर छ । व्यस्त सडकमा जथाभावी हिडँदा सवारी दुर्घटना पनि निम्त्याएको थियो । मेयर साहबले जानकारी गराएपछि हामी अस्पताल ल्याएर उपचार सहित व्यवस्थापन गर्ने जिम्मा पायौं । अहिले महिलाको मानसिक अवस्था कमजोर रहेपनि स्वास्थ्य अवस्था भने ठिक छ । बच्चा पनि ठिक छ ।”– अस्पतालका प्रशासन प्रमुख निरज सिंहले बताए ।
उपचारपछि उनलाई व्यवस्थापन गर्न वीरगँज स्थित रहेको मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । मानसिक स्थित कमजोर, अति विपन्न, घर निकालामा परेका व्यक्तिहरुलाई मानव सेवा आश्रमले शरण दिँदै आएको छ ।
नीजि क्षेत्रबाट सँचालित भूमिजा हस्पिटलले सो महिलाको लागि देखाएको जागरुकता र मानवताको लागि अस्पताल प्रशासन सहित सबै कर्मचारीलाई सिरहाका सिडिओ सहित विभिन्न उच्च पदस्थ व्यक्तित्वहरुले सराहना गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…