राजदेवीमा बोकाबली सुरु, १ मिनेटमा औसत १२० बोका काटिँदै !
बोकाबलीको लागि प्रत्येक बोकाको २०० रुपैयाँ तोकिएको हो । सो रकम बोकाको टाउको वापत तोकिएको

२०७७ कार्तिक ८ शनिबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली कार्यक्रम सुरु भएको छ ।
प्रत्येक बर्ष अष्टमी तिथीको दिन साँझदेखि हुँदै आएको बोकाबली विधिवत रुपमा शनिबार साँझ ७ः०० बजेदेखि सुरु भएको हो । आयोजक महावीर युवा कमिटिले आयोजना गरेको बोकाबली कार्यक्रममा अहिले ४ वटा ठेहा चलिरहेको छ ।
प्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको महावीर युवा कमिटिले जनाएको छ । ४ वटा ठेहामा औसत १ सय २० वटा बोकाको बली प्रदान भईरहेको जनाईएको छ ।
बोकाबली ७ बजेबाट सुरु भई राती १० बजेसम्म मात्र गरिने कार्यक्रम रहेको छ भने बोकाको सँख्या हेरी बली प्रदान कार्यक्रमको अवधी बढाउन सकिने आयोजक समितिले जनाएको छ ।
बोकाबलीको लागि प्रत्येक बोकाको २०० रुपैयाँ तोकिएको हो । सो रकम बोकाको टाउको वापत तोकिएको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…