अधिक स्पीड गर्दा टाटासुमो दुर्घटना, ४ जना घाईते
गाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।

२०७७ कार्तिक ३ सोमबार, राति ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १२ सितलपुरमा टाटा सुमो ओभर स्पिडका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
मानवत मतिअर्वा सडक खण्ड अन्तर्गत कलैयाबाट मतिअर्वा जादै गरेको प्रदेश २–०३–००१च ८५८ नम्बर को गाडी तीब्रगतिमा गुडिरहेकोले आफै अनियन्त्रित भई ४ जना घाइते भएका छन् । घाइतेहुनेहरुमा एक जना गाडीको चालक सहित तीन जना सवार रहेका थिए ।
गाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।
सवार तीन जना को उपचार जिल्ला अस्पताल कलैयामा भरहेको छ ।भने गाडी चालक लाई अहिले प्रहरी चौकी मतिअर्वाले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…