रुपन्देहीका गाउँपालिका अध्यक्ष शुक्ल जनमतमा प्रवेश गर्दै
जनताले अब जनमत पार्टीलाई सहयोग नगरे भाविष्यसँग अन्याय हुने उनले बताए ।

२०७७ कार्तिक १ शनिबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् ।
स्थानिय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी जनमतमा प्रवेश गर्न लागेका हुन् ।
फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भए पछि नेकपामा प्रवेश गरेका उनी पछि नेकपा पनि परित्याग स्वतन्त्र रहेका थिए । तर, अब भने उनी डा. सिके राउत नेतृत्वको जनमत पार्टीमै लागेर राजनीति गर्ने निचोडमा पुगेका छन् ।
शुक्लको निवासमा भएको भेटघाटमा पार्टीका केन्द्रिय सदस्यहरु अब्दुल खा, भोपेन्द्र यादव र इरफान शेख तथा अध्यक्ष शुक्लबीच यस्तो सहमति बनेको हो ।
शुक्लाले जनताको मत र इच्छाको कदर गर्दै आफुले जनमत पार्टी चयन निर्णयमा पुगेको बताएका छन् । शुक्ललाई चाँडै नै डा. राउतको उपस्थितिमा पार्टी प्रवेश गराउने तयारी रहेको पार्टीका केन्द्रीय सदस्य भोपेन्द प्रसाद यादवले बताए ।
अहिले जनताको मत जनमत पार्टीमा रहेको भन्दै सबैले यसमै आवद्ध हुनुपर्ने उनको धारणा छ । नेकपा, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी लगायत पार्टीहरु मधेशीको शोषण मात्र गर्ने र जनमत पार्टी मात्र मधेशको उद्दार गर्ने भएकोले जनताले अब जनमत पार्टीलाई सहयोग नगरे भाविष्यसँग अन्याय हुने उनले बताए ।
मधेश र मधेशीको हकहित र मुक्तिको लागि जनमत पार्टी नै ठीक भएको उनको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…