‘प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गरौं : मुख्यमन्त्री राउत
अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान

२०७७ असोज ३० शुक्रबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी मेरो साथीको नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका छन् ।
६५ औं नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीलाई जनता संगको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी मेरो साथी भन्ने नारालाई याथर्थमा रुपान्तरण गर्नु पर्ने बताए ।
सिमित स्रोत साधनका बीच जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिदै आएकोमा प्रहरीहरुप्रति धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रहरीहरुको भूमिका सराहनीय हुने विश्वास व्यक्त गरे ।
अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे ।
प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिँहसंहको अध्यक्षतामा भएकोउक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्यमन्त्री सरोजकुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…