स्टेडियम र आधुनिक बस पार्कले शहिदनगर आन्तरिक पर्यटकीय हब बन्छ : मेयर बरबरिया
आधुनिक प्रकारको बसपार्कले शहिदनगरको यदुकूहाको व्यापारी लाभान्वित हुने : मेयर बरबरिया

२०७७ असोज २२ बिहीबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदनगरमा निर्माण हुन लागेको प्रादेशिक स्टेडियम र आधुनिक बस पार्कले नगर पर्यटकीय नगरी बन्ने बताएका छन् ।
न्यूज ब्यूरोसँगको स्टेडियम सम्बन्धी जिज्ञासामा उनले स्टेडियम निर्माणको लागि भूमि पूजन समेत भईसकेको भन्दै आउँदो माघ मसान्तसम्म चारै तर्फबाट बाउण्ड्री वाल तयार हुने बताए । उनले आगामी २ वर्षभित्रमा स्टेडियम तयार भई सुचारु हुने उनले विश्वास व्यक्त गरे ।
सहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम नाम राखिएको सो निर्माणधिन स्टेडियमले आन्तरिक पर्यटक तान्ने विश्वास व्यक्ति गर्दै उनले भने,–“प्रादेशिक स्टेडियम सूचारु भएपछि फुटबल खेलको लागि यो क्षेत्रकै मात्र होईन प्रदेशस्तरबाट खेलाडी र दर्शक आउनेछ । जसले यहाँको व्यापारमा पनि वृद्धि हुनेछ भने आन्तरिक पर्यटकले पनि शहिदनगर चम्किनेछ ।”
३००० को औसत क्षमता हुने सूर्यनाथ रान प्रादेशिक स्टेडियम फुटबल स्टेडियमको रुपमा निर्माणधिन रहेको उनले बताए । सो स्टेडियम निर्माणको लागि ६ करोड बढी बजेट खर्च हुने प्राविधिक ईन्जिनियर सँजय यादवले बताए । स्टेडियमको लागि डिपिआर तयार भएर भूमि पूजन गरी कार्य सुचारु गरिएको उनले थपे ।
सहिद कामेश्वर कुशेश्वरको स्मृतिमा निर्माण हुने आधुनिक बस पार्कको सम्बन्धमा उनले आधुनिक बस पार्कको निर्माण भएपछि धनुषाको पूर्वी क्षेत्रको लागि सहज हुने उनले बताए । सहिदपथ हुलाकी राजमार्ग भएर चल्ने सार्वजनिक सवारी साधनको लागि आधुनिक प्रकारको बसपार्कले शहिदनगरको यदुकूहाको व्यापारी लाभान्वित हुने विश्वास लिएको छ ।
यहाँका किसानले कृषिजन्य उत्पादनलाई सिधै जनकपुर सहित अन्य विभिन्न शहरहरुमा पठाउन सजिलो हुने तथा व्यापारिक दृष्टिकोणले सबल हुने विश्वास मेयर बरबरियाको कथन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…