३ भैँसी सहित १ जना मानिस पक्राउ
न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले भैँसी सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बाराका्े सुवर्ण गाउँपालिका वडा नं. ७ स्थित सडकमा अवैद्य भैँसी सहित एक जनालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने

२०७७ असोज २२ बिहीबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले भैँसी सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बाराका्े सुवर्ण गाउँपालिका वडा नं. ७ स्थित सडकमा अवैद्य भैँसी सहित एक जनालाई पक्राउ गरेको हो ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने बर्ष ३२ को भैयाराम कुर्मीले चलाई ल्याएको ना. ४ च. ४२८ नम्बरको पिकपमा भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको भन्दै पक्राउ गरिएको हो ।
१ लाख २६ हजार मूल्य पर्ने ३ वटा भैँसी र १ वटा पाडो सहित पिकअप समेत पक्राउ गरिएको हो । पिकअप सहित चालक भैयाराम कुर्मी समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…