रौतहटमा पुनः किशोरीको लास फेला, हत्याको आशंका !
१४ वर्षीया बालिका संझा कुमारीको हत्यारा पता नलाग्दै रौतहटमा पुनः बुधबार एक युवतिको शंकास्पद मृत्यु

२०७७ असोज २२ बिहीबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटमा पुनः एक १७ वर्षीया किशोरीको लास फेला परेको छ । उनको लास फेला परेपछि मृत्यू शंकास्पद देखिएको बताइएको छ ।
बुधबार रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
युवतिको शवलाई स्थानीय फुल महम्मद, लाल महम्मद, नसरुदिन मन्सुरी र निजकै श्रीमती सहनाज मन्सुरी समेत गरी ४ जना मिली स्थानीय जनरल कवाडीको घरमा ल्याएर छोडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि भरत श्रेष्ठले बताए ।
अनुसन्धानमा खटेको प्रहरी टोलीले फुल महम्मदलाई नियन्त्रणमा लिएको र अन्य जुनैद मियाँ लगाएतका फरार व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान कार्य भईरहेको डिएसपी श्रेष्ठले बताए।
असोज १६ गते वृन्दावन नगरपालिकाको १४ वर्षीया बालिका संझा कुमारीको हत्यारा पता नलाग्दै रौतहटमा पुनः बुधबार एक युवतिको शंकास्पद मृत्यु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…