कोरोना संक्रमणबाट बच्न विषेश सर्तकता आवश्यक : सिडिओ कणेल
जिल्लाको १५ वटा स्थानीय तहमा ५/५ बेडको आइशोलेसन अस्पताल संचालनको बजेट आइसकेको

२०७७ असोज २२ बिहीबार, बिहान ७:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणबाट बच्नको लागि विशेष सतर्कता अपनाउनु आवश्यक रहेको बताएका छन् ।
जिल्लामा दिनानुदिन बढदै गएको कोरोना सँक्रमणलाई मध्यनजर गर्दै सिडिओ कनेलले यस्तो अवस्थामा विशेष सतर्कता अपनाएर मात्र कोरोना सँक्रमणबाट जोगिन सक्ने बताए । संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग हेतु जिल्लाको १७ वटै स्थानीय तहलाई व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्दै उनले सुरक्षा समाग्री पूर्ण रुपमा प्रयोग गरी सतर्कता अपनाउन आग्रह गरे ।
उनले तराई मधेशको विषेश चार्ड पर्व आउने लागेको हुनाले कोरोना संक्रमणबाट बच्न विषेश प्रकारको सर्तकता अपनाउनुपर्ने बताए । ‘आ–आफ्नै घरमा यस वर्ष क्षमा पुजा गरेर दशैंं तथा अन्य पर्व मनाउनुपर्ने हुन्छ,’उनले भने,‘– “स्थानीय प्रशासनले पनि त्यही अनुसारको सुरक्षा योजना बनाएर अघि बढ्ने तयारीमा छ ।’ कोरोना संक्रमणको दर हेर्ने हो भने सिरहा जिल्ला देशकै दोश्रो स्थानमा रहेको उनले भने,‘संक्रमणबो जोगिन सजग रह्नुपर्ने हुन्छ ।’
जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वय, स्टन्ड्रड चार्टटडको सहयोग र एक्सन एड तथा दलित जन कल्याण युवा क्लब लहानको सहकार्यमा स्थानीय तहहरुलाई सुरक्षा समाग्रीहरु वितरण गरिएको हो ।
जिल्लाको १५ वटा स्थानीय तहमा ५/५ बेडको आइशोलेसन अस्पताल संचालनको बजेट आइसकेको बताउँदै उनले अबिलम्ब त्यो संचालनमा गर्न स्थानीय तहहरुसँग आग्रह गरे ।
क्याम्पस र विद्यालयमा संचालित क्वाइरेनटाईन संचालन गर्न अन्य ठाउँ खोज्नुपर्ने बताउँदै सबै तहलाई पीपीई प्रदान गरेकोमा दातृ निकायलाई उनले धन्यवाद समेत दिए ।
सो क्रममा पुनः प्रयोगमा ल्याउन सक्ने पिपिई, चस्मा, ग्लोब्स, एन ९५ माक्स र ह्याण्ड सेनिटाईजर लगायतका सामग्रीको सेट बनाई जिल्लाको १७ वटै तहका स्वास्थ्य शाखा र कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई लक्षित गरेर व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लब लहानका अध्यक्ष उमेश बिसुन्केले बताए ।
जिल्ला स्वास्थ्य शाखाले उपलब्ध गराएको कर्मचारी संख्या अनुसार व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले जनाए । वितरित उपकरणले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई धेरै सहयोग पुग्ने उनले दाबी गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले पीपीईको प्रयोग पछि सफाई गरेर फेरी प्रयोगमा ल्याउने तरिका, संक्रमण जोखिम न्यूनीकरण र कोरोना संक्रमण न्यून गर्न स्थानीय तह तथा कर्मचारीको भुमिका विषयमा अनुशिक्षण प्रस्तुतीकरण समेत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…