चिकित्सा शिक्षा आयोग विरुद्ध डा. बिनय पँजीयारद्धारा सर्वोच्चमा रिट
न्यूज ब्यूरो, जनकपुरधाम । चिकित्सा क्षेत्रका विद्यार्थीहरुको लागि अग्रणी लडिरहेका डा. विनय पँजीयारले चिकित्सा शिक्षा आयोग विरुद्ध नै रिट दायर गरेका छन् । मँगलबार चिकित्सा शिक्षा आयोगद्धारा सँचालन हुन लागेको PG(MD/MS) तहको Common Entrance Exam मा आरक्षण स्थापित गर्दै समानुपातिक समावेसी स्थापनाको निम्

२०७७ असोज २० मंगलबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिकित्सा क्षेत्रका विद्यार्थीहरुको लागि अग्रणी लडिरहेका डा. विनय पँजीयारले चिकित्सा शिक्षा आयोग विरुद्ध नै रिट दायर गरेका छन् ।
मँगलबार चिकित्सा शिक्षा आयोगद्धारा सँचालन हुन लागेको PG(MD/MS) तहको Common Entrance Exam मा आरक्षण स्थापित गर्दै समानुपातिक समावेसी स्थापनाको निम्ति रिट दर्ता गराइएको हो ।
जनकपुरका डा. विनय पँजीयारले चिकित्सा शास्त्र विद्यार्थीहरुको सहुलियतको लागि विभिन्न समयमा माग गर्दै आएको आरक्षणको सँस्थागत गर्नको लागि रिट दायर गरेको बताएका छन् ।
चिकित्सा शिक्षा आयोग सानो ठिमी भक्तपुरलाई विपक्षी बनाउँदै मँगलबार दिउँसो गरिएको रिटमा असोज २२ गते विहिबार आयोगलाई सर्वोच्च अदालतमा उपस्थित हुन तारेख दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…