जनकपुरभित्रको स्कूलहरु पनि आजदेखि सँचालनमा
अनिवार्य रुपमा मास्क प्रयोग, सेनिटाईजर प्रयोग गर्नुपर्ने भएकोले विद्यालयले सोको पनि व्यवस्थापन गर्न सूचना

२०७७ असोज २० मंगलबार, बिहान ७:०० बजे१ मिनेट पढाइ

ज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरस भन्दै विगत ७ महिनादेखि बन्द रहेको जनकपुरका विद्यालयहरु आज (मँगलबार) देखि खोल्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम जनकपुरका समुदायिक तथा नीजि विद्यालयहरु समेत सँचालन गर्न परिपत्र गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिद्धारा जारी गरिएको एक सूचनामा मँगलबारदेखि सुरक्षाको उपायहरु अपनाएर विद्यालय सँचालन गर्न निर्देशन दिएको हो ।
बालविकास र कक्षा १ देखि कक्षा ५ सम्मको लागि स्थानीय स्तरमै वैकल्पिक शिक्षाको माध्यमबाट अध्ययन अध्ययापन गराउन भनिएको छ भने कक्षा ६ देखि कक्षा १२ सम्ममा भौतिक दुरी कायम गरी कक्षा सँचालन गर्न भनिएको छ ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई ३ घण्टाको समयमा टिफिनको समय नदिई समाजिक दुरी कायम गर्दै अनिवार्य विषयहरुको मात्र पठनपाठन गराउन सूचनामा उल्लेख गरिएको छ । एउटा कक्षामा २५ जनाको समूह बनाएर मात्र पठनपाठन गराउन आग्रह गरिएको छ ।
यसका साथै, विद्यार्थीहरुको सँख्या बढी भएको विद्यालयले जोड विजोडको आधारमा वर्गीकरण गरी सिकाईका कार्यक्रमहरु नियमित गर्न सूचना प्रकाशित गरेको छ । पठनपाठन भने २ सिफ्टमा सँचालन गर्न सूचनामा उल्लेख गरिएको छ ।
विद्यालय सँचालनको क्रममा अनिवार्य रुपमा मास्क प्रयोग, सेनिटाईजर प्रयोग गर्नुपर्ने भएकोले विद्यालयले सोको पनि व्यवस्थापन गर्न सूचनामा भनिएको छ ।
यसका साथै, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले वडाको निर्णय नभएसम्म वडाभरिका विद्यालय नखुल्ने जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…