गरिब बच्चालाई पढ्न आर्थिक सहयोग
सिरहामा आज एकैदिन झण्डै १४ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।

२०७७ असोज १९ सोमबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कोरोना कहरका कारण प्रभावित बनेका सिरहाका विपन्न परिवारका बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।
युनिसेफको सहयोगमा ग्रामीण विकास केन्द्रले चलाइरहेको कार्यक्रम अन्तर्गत सिरहामा आज एकैदिन झण्डै १४ जना बालबालिकालाई आर्थिक सहयोग गरिएको हो ।
मिर्चैया नगरपालिकाको वडा नम्बर २ मा १ जना र ९ मा १ गरी दुई जना बालक, कर्जन्हा नगरपालिकाको वडा ३ मा ५ जना र वडा ९ मा १ जना र धनगढीमाइ नगरपालिकाको वडा ३ मा ४ जना तथा वडा ९ मा २ जना बच्चालाई संस्थाले आर्थिक सहयोग रकम गराएको छ ।
उनीहरुलाई १२ हजारका दरले आर्थिक सहयोग गरिएको छ । लकडाउनका कारण प्रभावित विपन्न बालबालिकालाई पाँच महिनासम्म ४ हजारका दरले रकम उपलब्ध गराउने कार्यक्रम रहेकोमा एकैचोटी तीन महिनाको रकम अहिले दिएको र बाँकी दुई महिनाको रकम महिनै पिच्छे उपलब्ध हुने ग्रामीण विकास केन्द्रका रमेश साहले जानकारी दिए ।
आर्थिक रुपले विपन्न तथा अभिवाभक विहिन बालबालिकालाई कोरोना कालमा आर्थिक समस्या नहोस् र पढाइ लेखाइका लागि सहज होस् भन्ने उद्देश्यले युनिसेफको सहयोगमा प्रदेशभरी नै यो कार्यक्रम चलिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…