चीनमा किन प्रतिबन्ध छ सोसल नेटवर्कहरु ?
–केन्ट ह्यारिङ्टन अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविल

२०७४ माघ २४ बुधबार, बेलुकी ५:२२ बजे४ मिनेट पढाइ
–केन्ट ह्यारिङ्टन
अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताउनुभएको छ ।
एटलान्टा, २४ माघ : सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै यूरोपेली अधिकारीले पनि यस्तै भूमिकाको खोजी गरिरहेका छन् । तर यस खालका कुरामा ध्यान दिनेमा यूरोपेली मात्र छैनन् । चीनका नेता पनि क्रेमलिनको सफलताबाट के सिक्न सकिन्छ भनेर सोचिरहेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङलाई आन्तरिक स्थायित्व कायम गर्नु उच्च प्राथमिकताको बिषय हो । यो बिषयले चीनको बार्षिक बजेटमा आन्तरिक सुरक्षालाई महत्व दिएको छ । औपचारिक बजेटमा कम देखाइए पनि चीनले एक सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट आन्तरिक सुरक्षाका लागि छुट्ट्याएको छ । अनुसन्धान र विकासलगायतका नदेखिने खर्च वा प्रतिरक्षा खर्चमा त बजेटको वास्तविक राशि योभन्दा धेरैले बढी छ ।
उदाहरणका लागि चीनले सामाजिक सञ्जालदेखि क्रेडिट कार्डबाट हुने खर्चलाई अनुगमन गर्न प्रविधिको ज्ञान र ठूला तथ्याङ्क कसरी प्रयोगगर्ने अध्ययन गरिरहेको छ र चीनले सबै नागरिकलाई सामाजिक विश्वसनीयताको मूल्याङ्कन गर्न र सम्भावित समस्याका कडीलाई खोज्न प्रविधिको दायरा अघि बढाउने योजना सारेको छ ।
सरकारको अरेवियन रणनीतिअनुसार सामाजिक सञ्जालमा के भनियो भन्ने बिषयलाई नियन्त्रण गर्ने मात्रभन्दा राज्य तथा यसको वरपर कसरी सूचना प्रवाह भइरहेको छ भन्ने बिषयलाई महत्व दिइने गरेको छ ।
यसबाहेक सरकारले प्रविधिजन्य कम्पनीलाई कडा नयाँ कानून र साइबर सुरक्षा अनुसन्धानको दायरामा ल्याइरहेको छ । सीका लागि क्रेमलिनले फेसबुक तथा ट्वीटरलाई दुरुपयोग गरेजस्तै गर्ने सहजताका लागि सामाजिक सञ्जालमा चीनको राम्रो पकडहुुनु जरुरी छ । चीन सरकार विच्याट, वैवो र टेनसेन्टजस्ता कम्पनीका समितिमा स्थान पाउन र यी सामाजिक सञ्जालका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्कमा पहँुच बनाउन प्रयत्नशील छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…