जनकपुरः पैसा लिएर यौनसम्पर्क गर्न नदिएको भन्दै महिलालाई रामधुलाई
महिलाहरुको एक गुट भएको तथा युवकसँग ठगी गरेको भन्दै उनले महिलालाई कुटेको

२०७७ असोज १८ आइतबार, दिउँसो ३:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आईतबार दिउँसो एक युवकले एक महिलालाई रामधुलाई गरेको छ ।
जनकपुरधामको रेल्वे स्टेशनमा दिउँसो एक युवकले आफूसँग पैसा लिएर पनि यौन सम्पर्क गर्न नदिएको भन्दै कुटपिट गरेको बताएका छन् । युवकका अनुसार शनिबार साँझ नै उनीसँग १५०० रुपैयाँ रातभरिको लागि लिएपनि यौनसम्पर्क गर्न नदिएपछि कुटेको प्रतिक्रिया दिए ।
महिलाले रातभरि विभिन्न बहानामा आलटाल गरेको भन्दै युवकले सार्वजनिक ठाउँमै ती महिलालाई कुटेका छन । युवकसँग महिलाले १५०० सय रुपैयाँ लिनुका साथै मासुभात खाएर पनि यौन सम्पर्क गर्न नदिएको भन्दै महिलालाई रेल्वे स्टेशनमा कुटेका छन ।
कुटाई खाने महिलासँग अन्य एक महिला देखिएको थियो । महिलाहरुको एक गुट भएको तथा युवकसँग ठगी गरेको भन्दै उनले महिलालाई कुटेको बताएका छन् ।
Photo : Janakpurvani.com/Birendra Raman
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…