दिउँसै काठमान्डौंमा सार्वजनिक बस भित्रै गैंग रेप
किशोरीले आरोपितहरु उनलाई लठयाउने (नासाको औषधी) खुवाएर बलात्कार गरिएको बयान दिएकी हुन् ।

२०७७ असोज १८ आइतबार, दिउँसो २:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । १७ बर्षिय किशोरीलाई काठमान्डौंको रत्नपार्कबाट भक्तपुरसम्म चल्ने एक सार्वजनिक बसमा गैँग रेप (सामुहिक बलात्कार) गरेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नं. ८ को कालाँचा स्थित सार्वजनिक बसमै एक किशोरीलाई नसाको औषधी खुवाएर बलात्कार गरेको पीडित किशोरीको बयानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाका अनुसार पीडितको बयानको आधारमा सो घटनामा संलग्न दुई जनालाई पक्राउ समेत गरिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, बलात्कारमा संलग्न आरोपी सोही गाडीका स्टाफ हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए ।
किशोरीले आरोपितहरु उनलाई लठयाउने (नासाको औषधी) खुवाएर बलात्कार गरिएको बयान दिएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…