रौतहटको गौर नगरपालिकाको स्कूलहरु भोलीदेखि खुल्ने
मास्क तथा सेनेटाइजर प्रयोग गरी सिकाई केन्द्रकोरुपमा संचालन गर्न नगरपालिकाले निर्देशन

२०७७ असोज १७ शनिबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको गौर नगरपालिकाका विद्यालयहरु आइतवारबाट संचालनमा आउने भएको छ ।
गौर नगरपालिकाको कार्यपालिका बैठकले सदरमुकाम गौरमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई सिकाई केन्द्रको रुपमा संचालनको अनुमति दिएको हो ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन शिक्षण तथा बैकल्पीक शिक्षण विधीहरुबाट सिकाई शिक्षण कार्य संचालन गर्न निर्देशन दिए पनि गौरको हकमा सो विधि प्रभावकारी नभएको र लकडाउन खुले पछि वातावरण अलि सहज भए पछि विद्यालयहरुलाई सिकाइ केन्द्रका रुपमा संचालनको अनुमति दिएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले जनाएका छन ।
विद्यालय सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार गौर नगरपालिकामा सामुदायिक सिकाइकेन्द्रहरु नरहेकोले अर्को व्यवस्था नहुन्जेल सम्म समाजिक र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड बमोजिम प्रतिकक्षा बढीमा २० जना बालबालिका सहभागी हुने गरी मास्क तथा सेनेटाइजर प्रयोग गरी सिकाई केन्द्रकोरुपमा संचालन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको गौर नगरकमिटिले पनि आइतवारबाट बोर्डिङ्ग स्कूलहरु संचालन हुने जनाएको छ ।
कोरोना महामारी जारी नै रहेकोले सम्बन्धीत सबै विद्यालयहरुले आवश्यक सुरक्षा सर्तकता अपनाएर कक्षा संचालन गर्न प्याब्सन गौरले सम्बन्धीत सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…