रौतहटः नग्न अवस्थामा युवतिको लास फेला, बलात्कार गरी मारेको आशंका !
घटना बारे प्रहरीले तत्काल केही बताउन सकेको छैन । थप विवरण आउन बाकि....!

२०७७ असोज १६ शुक्रबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहट जिल्लामा दिनहुँ झैं हत्या हिँसाका घटनाहरु हुँदै आएको छ । सोही क्रममा आज पुनः एक युवतिको हत्या गरिएको छ ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं—४ हरैयापल्टुवामा घाँस काटन गएकी एक १६ वर्षिय युवतीको हत्या भएको हो ।
जिल्लाको गढीमाई नगरपालिका वडा नं— १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी हाल बृन्दावन नगरपालिका वडा नं—४ हरैया पल्टुवा मामा घर बसदै आएकी स्थानिय देरेन्द्र साह कानुका भान्जी सँझा साह कानुको हत्या भएको स्थानिय वासिन्दाले बताएका छन् ।
बिहान १० बजे तिर घाँस काटन गएकी साँझा साँफ सम्म न फर्केपछि उनकी खोजी गर्दै जाँदा उनि मृत अवस्थामा नजिकैको उँखुबारीमा फेला परेको स्थानिय वासिन्दा बताएका छन् ।
युवतिलाई बलात्कार गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । उनको शव नग्न अवस्थामा भेटाएको प्रहरीले जनाएको छ ।
यता, घटना बारे प्रहरीले तत्काल केही बताउन सकेको छैन । थप विवरण आउन बाकि
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…