प्रहरी नायव निरीक्षक शाक्य भए उत्कृष्ट प्रहरी घोषणा
न्यूज ब्यूरो, धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले उत्कृष्ट प्रहरी घोषित गर

२०७७ असोज १५ बिहीबार, राति ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
उहाँले विभागिय नीति अनुसार आदेश निर्देशन बमोजिमको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ ढंगले परिचालित भई आफ्नो क्षेत्र ईलाकाहरुमा लुकीछिपी रहेका विभिन्न मुद्धाका फरार अपराधिलाई पक्राउ गरि कार्यालयमा दाखिला गरेको भन्दै शाक्यलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
सिरहामा रहुन्जेल समेत समाजिक अपराधिक गतिविधिमा न्यूनिकरण ल्याएका सई शाक्यलाई भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
शाक्यले विभिन्न निकाय सँग समन्वय गरि कार्यालय परिसरमा कम्पाउण्ड,वाल, ग्यारेज निर्माण कार्य गरेको, कार्यालय सञ्चालन पूर्ण तवरले व्यवस्थापन गर्नुका साथै दैवी प्रकोप उद्धारमा सक्रिय रुपमा परिचालित भएको भन्दै कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
हाल विश्वव्यापी कोरोना महामारीको रोकथाम नियन्त्रणका लागि अहम भूमिका निर्वाह गर्दै जनताको शान्ति सूरक्षा एवम् अमन चयन कायम राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गरेको साथै समाजमा शान्ति सूरक्षा कायम राख्ने आम जनमानसको वीच प्रहरीको छवि उच्च वनाउने कार्य गरेको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…