वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै नारावाजी सहित वडाकार्यालय घेराउ
यता वडा अध्यक्ष शेख इन्ताजुल हकले आफू एक रुपैयाँ पनि भ्रस्टचार नगरेको दाबी

२०७७ असोज १५ बिहीबार, दिउँसो १:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको क्षेत्र नं. २ राजपुर नगरपालिका वडा नं. ७ अकोलवाका वडा अध्यक्ष शेख इन्ताजुल हकले भ्रष्टाचार गरेको भन्दै स्थानीय बासिन्दाहरुले आज नारावाजी गरेका छन ।
वडा अध्यक्ष हकले मेयर सकिल अख्तर साथै वडा सचिवसँग मिलेमतो गरी विकासको नाममा वडाको बजेटमा ब्रहमलुट मचाएको आरोप लगाउँदै स्थानीय बासिन्दाहरुले वडा कार्यालय घेरा गर्दै चर्को नारावाजी गरेका हुन।
कागज मै सडक ढलान गरि रकम निकालेको ,केही ठाउँ ढलान गरिएको सडकको गुनस्तर ठिक नरहेको ,वृद्ध बालबालिका लगायत भता बितरनमा अनियमितता गरेको ,विभिन्न जनचेतना मुलक तालिम गोष्ठी नगरि करिब २० लाख रकम सामाजिक बिकासको नाममा झिकेको ,कोभिड– १९ बाट प्रभावित स्थानीय गरिब निमुखाको नाममा लाइ सरकारबाट् आएको रकम नबाढी कुहाएको ,मन्दिर निर्माणका लागि आएको रकम हिनामिना गरेको ,विभिन्न सिफारिस गराउन जादा स्थानीयलाई दुख दिने काम गरेको वडा कार्यालयमा नबसि सदरमुकाम गौर बाटै वडा कार्यालय चलाएको आरोप वडा अध्यक्ष माथी लगाउदै सहकडौ स्थानीयले वडा कार्यालय घेराउ गरेका हुन।
वडा अध्यक्ष इन्ताजुल हकले निर्वाचित भएदेखी नै अहिलेसम्म वडाको बजेट आफुखुसी सञ्चालन गर्दै चरम भ्रष्टाचार गर्दै आएको स्थानीय बासिन्दाहरुको आरोप छ।
वडा अध्यक्ष हकको मनोमानी विरुद्ध भ्रष्टाचार हटाउ सङ्घर्श समितीको अध्यक्ष राम प्रवेश सहनीको नेतृत्वमा गएका स्थानीयहरुले वडा अध्यक्ष मुर्दावाद, दादागीरी, गुण्डागीरी नही चलेगी, भ्रष्टाचार बन्द गर, अहिलेसम्मको विकास निर्माणको खर्च विवरण सार्वजनिक गर जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
वडा अध्यक्ष हकले निर्वाचित भएदेखी अहिलेसम्म वडामा विकास निर्माण कार्यमा गरेका सम्पुर्ण खर्चहरुको विवरण जनतामा सार्वजनिक गर्न स्थानीयहरुले माग गरेका छन ।
वडाअध्यक्ष हकले कोरोना भाइरस र विकास निर्माणको नाममा करोडो रुपैया हिनामिना गरेको नेकपाका वडा अध्यक्षका प्रत्याक्षी राम प्रवेस सहनीले आरोप लगाएका छन ।
आफुहरुले वडामा भएका विकास निर्माणको खर्चहरु पारदर्शी गर्न वडा अध्यक्ष हकलाई पटक पटक आग्रह गरेपनि उनले कुनै वास्ता नगरेको बताएका छन ।
खर्च विवरण पारदर्शी गर्न आज वडा अध्यक्ष र सचिवलाई बोलाए पनि काम विशेषले बाहिर छु भन्दै दुवै जनाले आउन नसक्ने भन्दै स्पष्ट जवाफ दिएको उनले बताए ।
वडा अध्यक्ष हकले भ्रष्टाचार गरेकोले खर्च विवरण पारदर्शी गर्न नचाहेको र जनतामा आउनबाट समेत डराएको उनले बताए । अबको केही दिन भित्रमा खर्च विवरण जनतामा सार्वजनिक नगरे वडा अध्यक्ष हकको भ्रष्टाचारको विरुद्ध चरणबद्ध आन्दोलन गर्ने स्थानीयहरूले चेतावनी दिएका छन ।
यता वडा अध्यक्ष शेख इन्ताजुल हकले आफू एक रुपैयाँ पनि भ्रस्टचार नगरेको दाबी गरेका छन् ।पत्रकारलाई भेट्न नचाहेका अध्यक्षले फोन मार्फत कुरा गर्दै केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति नहुँदा आफूलाई बद्नाम गर्न आफ्ना बारेमा कपोकल्पित एवं झूठा आरोप लगाएको उनले बताए ।
आफूले अबको दुई तीन दिन भित्रमा आफूले गरेको सम्पूर्ण विकास निर्माणको कामको खर्च जनताको बीचमा सार्वजनिक गर्ने वडा अध्यक्ष हकले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…