हरेक नागरिकले आ–आफ्नो घरको जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ : सिडिओ कणेल
जेष्ठ नागरिक समाज र परिवारका धरोहरको रुप भएकोले उनीहरुबाट अनुभवको कुरा सिक्न सबैलाई आग्रह

२०७७ असोज १५ बिहीबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले हरेक नागरिकले आ–आफ्नो घरको जेष्ठ नागरिक (बुजुर्ग) लाई सम्मान गर्नुपर्ने बताएका छन् ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा एक जेष्ठ नागरिकलाई सम्मान गर्दै सिडिओ कणेलले जेष्ठ नागरिकको आत्मसम्मान हेतु र आफ्नो सम्मानको लागि पनि उनीहरुको सम्मान गर्नुपर्ने बताए ।
समाजिक सँस्था मुक्ति नेपाल गोलबजारले आयोजना गरेको सो कार्यक्रमको क्रममा सिरहा नगरपालिका–१२ का १ सय १५ वर्षीय जेष्ठ नागरिक बौएलाल सिंहलाई सम्मान गरेको हो । सिरहाका सिडिओ कणेलले पौष्टिक आहार सहित फुलको माला, अविर, दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सोही क्रममा सिडियो कणेलले हरेक व्यक्ति जेष्ठ नागरिकको अवस्थामा पुग्ने निश्चिय रहेको हुँदा जेष्ठ नागरिकको सम्मान र रेखदेखको परिपाटि बसाल्यो भने सबैलाई सहज हुने उनले तर्क गरे ।
जेष्ठ नागरिक समाज र परिवारका धरोहरको रुप भएकोले उनीहरुबाट अनुभवको कुरा सिक्न सबैलाई उनले आग्रह गरे ।
एक अर्को प्रसँगमा सिडिओ कणेलले अधुरा सडकलाई व्यवस्थित गर्न रुपमा निर्माण गर्न र गाउँको सडक संजाललाई सुदृढ पार्न मेयर, शहरी विकास तथा अन्य सम्बन्धित ठाउँमा आफुबाट हुने पहल गर्ने उनले प्रतिबद्धता समेत जनाए ।
सिरहा नगरपालिका–१२ सारश्वरको स्वास्थ्य चौकीको भवन निर्माणको जग्गाको सन्दर्भ कोट्उदै पोखरी वा अन्य अपायक ठाउँमा नभई सबैलाई पायक तथा बाटोको सहज पहुँच पुग्ने जग्गामा भवन निर्माणको लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
संस्थाकी अध्यक्ष देव कुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यत्रम निर्देशक श्याम कुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष बीरेन्द्र सिंह, अधिवक्ता गोपी प्रसाद सिंह, सिरहा नगरपालिका–११ का वडाध्यक्ष विनोद कुमार कामति लगायतले समाजमा रहेको जेष्ठ नागरिकको महत्व र आवश्यकता तथा उनीहरुको हेरविचारबारे आ–आफ्ना मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…