रौतहटमा दुई जना उपर बाघले गरे आक्रमण
बाघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको

२०७७ असोज १४ बुधबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका २ जना लाई बाघले आक्रमण गरेर घाईते बनाएको छ ।
मंगलवार जंगलमा घाँस काट्न गएका २८ बर्षिय संगम भण्डारी हराएपछि खोज्न गएका २ जनालाई बांघले आक्रमण गरेर घाईते बनाएको हो । बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा,३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन ।
भण्डारी जंगलमा हराएपछि गाँउका १०÷१२ जना युवाहरु राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सतेरी जंगलको तीनकुवा बन क्षेत्रमा बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाएको बताएका छन । बाघको आक्रमण बाट २ जनाको पाखुरा, छाती, हातमा गहिरो घाउ भएको उनीहरुको भनाई रहेको छ ।
घाइतेहरु लाइ रातिनै चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बाहिर लैजाने तयारी भैरहेको स्थानिय युवा नेता श्यामहरी चौलागाईले जानकारी दिएका छन् ।अहिले जङ्गलमा शस्त्र ,जनपथ प्रहरी खटाइएको रौतहट प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…