बलात्कार अभियोगमा दुई जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । सोमबार राती सोही टोलकी १५ वर्षीय

२०७७ असोज १३ मंगलबार, राति ८:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भइकी बताइएको छ । प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताउनुभयो । बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो ।
सोही क्रममा सप्तरीबाट पनि बालिका बलात्कारको आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।
पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो ।
पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…