प्रहरीद्धारा ३ भैँसी पक्राउ
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको
२०७७ असोज १३ मंगलबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न नाकाहरुबाट भन्सार छली गरेर अवैध रुपमा भित्रिएको मालसामान तथा भैसी बरामद गरि भन्सार चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरी गस्ती टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नं.२० र सिम्रौनगढ नगरपालिका वडा नं. ६ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मालसामान र भैसीलाई नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय पर्सामा पठाएको छ ।
उक्त रकम बराबरको बिभिन्न किसिमको लताकपडा र उक्त लताकपडा ओसारपसार गर्न प्रयोग गरिएको दुई वटा मोटरसाईकल र सुवर्ण गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल भित्राएको भैसी ३ वटा र पाडो गरि ६ वटा समेत बेवारीसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरिएको बारा प्रहरी प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन ।
बरामद भन्सार छलिका लताकपडा तथा भैसी समेत भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…