सबै स्थानीय तहलाई सरकारी निर्देशिका अनुसार पढाई गराउन पत्राचार
न्यूज ब्यूरो, बारा । शिक्षा विकास तथा समन्वय एकाई बाराले बाराको सबै स्थानिय तहलाई सरकारी निर्देशिका अनुसार नै पठन पाठन गराउन पत्रचार गरेको छ । बारामा कोरोना महामारीका बिच संचालनमा आएका बिधालयहरु बन्द गर्न तथा बन्द रहेका विद्यालयहरुलाई समेत तत्काल नखुलाउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई बाराले बार
२०७७ असोज १२ सोमबार, दिउँसो ३:१४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । शिक्षा विकास तथा समन्वय एकाई बाराले बाराको सबै स्थानिय तहलाई सरकारी निर्देशिका अनुसार नै पठन पाठन गराउन पत्रचार गरेको छ ।
बारामा कोरोना महामारीका बिच संचालनमा आएका बिधालयहरु बन्द गर्न तथा बन्द रहेका विद्यालयहरुलाई समेत तत्काल नखुलाउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई बाराले बाराका सबै स्थानिय तहलाई निर्देशन दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित प्रमुख बृजकिशोर प्रसादले एक सूचना प्रकाशित गरी बाराका सबै पालिकाहरुलाई कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण अवरुद्ध नियमित विद्यालय शिक्षालाई अर्को व्यवस्था नहुनजेलसम्म नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी भएको र सोही अनुसार सिकाई सहजीकरण गर्न गराउँन निर्देशन दिएको छ ।
बारामा निर्देशिका विपरीत अधिकांश विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा समेत बोलाई पठनपाठन गर्न सुरु गरेको समाचारहरु प्रकाशित भए पछि इकाइको गम्भिर ध्यानाकर्षण भएको निमित प्रमुख बृजकिशोर प्रसादले बताउनु भएको छ ।
उनले सरकारी निर्देशन पालना गर्न बाराको सबै पालिकाका निजि तथा समुदायिक विद्यालयहरुलाई अनुरोध गरेका छन् । पालिकाहरुलाई पठाइएको पत्र जिल्ला प्रशासन कार्यालय बारालाई पनि बोधार्थ गरिएको छ ।
बाराको बारागढी गाउँपालिका लगायतका केहि पालिकाहरुले सूचना नै प्रकाशित गरेर भौतिक रुपमै विद्यालय संचालन गर्ने निर्णय गरे पछि एकाई गम्भीर भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…