जनकपुरको पर्यटन स्थलहरुमा सरसफाई तथा बृक्षारोपन
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व पर्यटन दिवस २०२० को अवसरमा जनकपुरको पर्यट्किय स्थान जानकी मन्दिर परिसरमा सरसफाई तथा बृक्षारोपन गरिएको छ । रास्ट्रसंघीय विश्व पर्यटन संगठनको आहावानमा हरेक बर्ष सेप्टेम्बर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँरहेको परिपेक्षमा भिजिट मधे

२०७७ असोज १२ सोमबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व पर्यटन दिवस २०२० को अवसरमा जनकपुरको पर्यट्किय स्थान जानकी मन्दिर परिसरमा सरसफाई तथा बृक्षारोपन गरिएको छ ।
रास्ट्रसंघीय विश्व पर्यटन संगठनको आहावानमा हरेक बर्ष सेप्टेम्बर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँरहेको परिपेक्षमा भिजिट मधेस नेपालको आयोजन तथा उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय ,प्रदेश नं. २ ,असहाय संरक्षण मंच नेपालको सहकार्यमा आज विश्व पर्यटन दिवस २०२० को अवसरमा जनकपुर धामका गरिमामय धार्मिक एतिहासिक पर्यटकिय स्थल जानकी मंदिर तथा बिवाह मंडप को सफाइ तथा बृक्षारोपन कार्यक्रम गरिएको छ ।
कार्यक्रम लाई संबोधन गर्दै प्रमुख अतिथि ( उधोग ,पर्यटन ,बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २ का एक सय गौरबको योजना चयन गरेर पर्यटन प्रबद्र्धनको काम अगाडी बढाएको बताए ।
जानकी मन्दिर, सखडा, गढीमाई, कंकालिनी, सलहेस, सिम्रौनगढ जस्ता पर्यटकीय स्थलहरुलाई गौरबको योजनाको रुपमा चयन गरी काम अगाडी बढाएको उनको भनाई छ ।
उनले भने, ‘अगामी २÷३ वर्षपछि कोही प्रदेश २ मा आएमा कहाँ कहाँ घुम्नुपर्छ भन्ने कुरा पत्ता लगाउँछन् ।’ अहिले प्रविधिको युग भएकाले यहाँका पर्यटकीय स्थलहरुको प्रचार–प्रचार पनि डिजिटलाइजेसन प्राविधि ले हुनुपर्ने बताए ।
भिजिट मधेस धनुषाका अध्यक्ष ओ पि साह को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ पर्यटन महासखा प्रमुख बेचन महतो , इन्सेक प्रदेश अध्यक्ष राजु पासमान ,जनकपुर धाम उप महानगर पालिका वडा नं. ३का अध्यक्ष दिपेन्द्र साह , शिक्षक कमल भट्टराई , जसपा का नेता अमभु साह , पलास्टिक मुक्त अभियानी कृष्णचन्द्र ,समाजिक अभियन्ता तथा पुस्तक व्यबसायी बजरंग यादव , भिजिट मधेसका ब्रान्ड अम्बेस्डर वैधनाथ साह, नागरिक समाजका अगुवा मुर्ली मनोहर मिश्र , एन पेपसनका नगर समितिका दिपक ठाकुर , पत्रकार कैलास दास , मानव अधिकार कर्मी प्रदीप द्त लगायतका सहभागिता रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…