बारा जिल्लाको सरकारी स्कूलमा कक्षा ११ को भर्ना सुरु
न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन अफलाईन इन्ट्रान्स संचालन गरेको छ । प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी बिधुतिय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भ
२०७७ असोज १० शनिबार, दिउँसो ४:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन अफलाईन इन्ट्रान्स संचालन गरेको छ ।
प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी बिधुतिय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भर्नाको तयारी गरेको छ । यसअघि कक्षा १२ का लागी अनलाईनबाटै कक्षा संचालन गरेको बिद्यालयले नयाँ भर्नाका लागी पनी आवेदन माग गरिसकेको छ ।
इन्ट्रान्सको पहिलो चरणको परिक्षामा २ सय ५० बढी बिद्यार्थीले अनलाईन र अफलाईन परिक्षा दिएका छन् । बिद्यालय आउन सक्ने बिद्यार्थीका लागी बिद्यालयमै र टाढा घर भएका बिद्यार्थीका लागी अनलाई इन्ट्रान्स को ब्यवस्था गरिएको थियो ।
जसमध्ये पहिलो चरणको इन्ट्रान्समा उतिर्ण हुने बिद्यार्थीलाई भर्ना लिने कार्य समेत शूरु गरिएको सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिएका छन ।
बिद्यालयले दुई चरणको इन्ट्रान्स परिक्षा शनिबार सम्पन्न गरेको छ भने ४ सयको हाराहारीमा कक्षा ११ को नयाँ भर्नाका लागी बिद्यार्थीहरु इन्ट्रान्समा सहभागी जनाएका छन् ।
यसैगरी बिद्यालयका अनुसार कक्षा ११ लाई असोज १५ बाटै अनलाईन कक्षा शुरु गरिने छ भने कक्षा १२ मा करिब ७५ प्रतिशत इन्टरनेटको पहुँच भएका बिद्यार्थीले अनलाईनबाटै बिहानी शत्रमा कक्षा लिईरहेका छन् ।
बिद्यालयले आफ्नै वेबसाइड समेत निर्माण गरिसकेको छ । बिद्यालयले प्रत्येक दिन कक्षाकोठा सेनिटाइज्ड गर्ने गरेको छ भने बिद्यार्थी र शिक्षक दुबैलाई अनिवार्य मास्क र बिद्यालयको मुलगेटमा तापक्रम नाप्ने गरिएको छ ।
अफलाईन कक्षामा पनी अनिवार्य मास्कको प्रयोग गरी एउटा डेस्कमा एक जना बिद्यार्थीलाई राखी परिक्षा लिइएको छ । जिल्लामा चार संकाय संचालन गर्ने एक मात्र सामुदायिक बिद्यालयका रुपमा परिचित यस बिद्यालयलाई कोभिड १९ को प्रभाव अन्य बिद्यालयको तुलनामा कम परेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमको धारणा छ ।
१५ गतेदेखी कक्षा ११ को नयाँ बिद्यार्थीहरुलाई अनलाईन शिक्षाकै तयारी गरेपनी कोभिड प्रभाव सामान्य बने कक्षाकोठा बाटै शिक्षण कार्य शुरू गरिने गौतमले बताएका छन ।
उनले यो कोभिड महामारीका बेला बिद्यार्थीको उत्साहजनक सहभागीता रहेकोमा मेहनती शिक्षक परिवार र जिम्मेवार अभिभावक प्रती खुशी ब्यक्त गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…