प्रदेश २ : अन्धाधुन खुकुरी प्रहार गर्दा एकको मृत्यू, एकको अवस्था चिन्ताजनक !
खुकरीले एक जनाको टाउकोमा गम्भिर प्रहार गरिएको छ भने अर्काको हातमा प्रहार गरिएको छ ।

२०७७ असोज १० शनिबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एक व्यक्तिले दुई जना उपर अन्धाधुन खुकरी प्रहार गरी एक जनाको हत्या गरिएको छ भने एकको अवस्था चिन्ताजनक रहेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा एकको मृत्यु भएको छ।स्थानीय महेश तिवारी र उनको पत्नी माथी आक्रमण गर्दाको तिवारीको पत्नि जगरामी देवी शनिबार उपचारको क्रममा मृत्यु भएको हो।
हत्यामा संलग्न मध्येका स्थानीय बली मुखिया लाई पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले बताए । शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।
घटनामा संलग्नहरु अन्य जनाको खोजी भइरहेको नायब उपरिक्षक श्रेष्ठले बताएका छन्
आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो ।
सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो ।
सोही कारणले झै झगडा र हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ । घटना बारे थप विवरण आउन बाकी छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…