जनकपुरमा 'Go Back China'
नेपाल सरकारको तर्फबाट प्रदीप ज्ञवालीले घर निर्माण गरिएको भूमि चिनकै भएको भन्दै वक्तत्व दिएपछि युवाहरु झन तातिएका हुन् ।

२०७७ असोज ९ शुक्रबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरी घर बनाएको भन्दै जनकपुरमा चीन विरुद्ध प्रदर्शन गरिएको छ ।
संघीय नेपालको प्रदेश नं. २ को अस्थायी राजधानी समेत रहेको जनकपुरमा शुक्रबार जनकपुरका युवाहरुले चीन विरुद्ध गो ब्याक चीन भन्दै नारावाजी सहित प्रदर्शन गरेका हुन् ।
जनकपुरधामको रामानन्दचोकबाट रयाली निकाल्दै युवाहरुले जनकपुरको जनकचोकमा आएर प्रदर्शन गरेका थिए । उनीहरुले चीनिया अतिक्रमण बन्द गर, मिचिएको भूमि फिर्ता गर, गो ब्याक चाईना जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चिनियाँ अतिक्रमणबिरुद्ध नेपाल सरकार समेत मौन रहेकाले चिनियाँ साम्राज्यवाद बिरुद्ध प्रर्दशन गर्दै नेपालको लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबिरुद्ध समेत नारा लगाएका थिए ।
सोही क्रममा नेपाली काँग्रेसका विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ (नेविसँघ) का महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झाले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत र चीन दुवै तर्फबाट हुने नेपाली भूमिको अतिक्रमणबिरुद्ध आवाज उठाउन आफूहरु सदैव तयार रहेको बताए ।
जनकपुरमा युवा अगुवा सुशील कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद भएको बताए ।
नेपाल सरकारको तर्फबाट प्रदीप ज्ञवालीले घर निर्माण गरिएको भूमि चिनकै भएको भन्दै वक्तत्व दिएपछि युवाहरु झन तातिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…