प्रदेश २ को यी नगरपालिकामा कोरोना सँक्रमित शून्य
न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकामा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । निजगढ नगरपालिकाको आइसोलेशनबाट ४ जना कोरोना संक्रमित विदाइ भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको हो । संक्रममितको संख्या शुन्यमा झरेपछि नगर प्रमुख सुरेश खनालले महामारी नियन्त्रणमा नगरपालिकाले सञ्चालन गर

२०७७ असोज ८ बिहीबार, दिउँसो १:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढ नगरपालिकामा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । निजगढ नगरपालिकाको आइसोलेशनबाट ४ जना कोरोना संक्रमित विदाइ भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको हो ।
संक्रममितको संख्या शुन्यमा झरेपछि नगर प्रमुख सुरेश खनालले महामारी नियन्त्रणमा नगरपालिकाले सञ्चालन गरेको अभियान सफल हुदै आएको बताउनुभएको छ । गत आश्विन ४ गते संकलन गरिएको स्वाब परीक्षणमा अइसोलेशनमा रहेका ४ जना सहित ३१ जनाको नतिजा नेगेटिभ आएको र अहिले नगरभित्र एक जना पनि संक्रमित नरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।
यसअघि निजगढमा जम्मा ४७ जना कोरोना संक्रमित भएका र उनीहरु मध्ये एक ८ वर्षे बालक र अर्का वृद्धको गरी २ जनाको कोरोना संक्रमणबाट मृत्यु हुन पुगेको थियो । मृतक बालकमा निमोनिया र वृद्धमा मधुमेह रोग पनि थियो ।निजगढ नगरपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि अपनाएको सुरक्षासर्तकता र सञ्चालन गर्दै आएको अभियानका कारण निजगढमा अहिलेसम्म महामारी नियन्त्रणको अवस्थामा रहेको नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनु भएको छ ।
मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पूर्ण नगरवासी र व्यवसायीहरुको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गर्नु भएको छ । मेयर खनालले संक्रमणको जोखिम अझै कायम रहेकाले सुरक्षासर्तकता अपनाउन नगरबासीसंग आग्रह समेत गर्नुभएको छ ।
राजनैतिक आग्रह पुर्वाग्रह र मनमुटावका कारण केहिले कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नगरपालिकाले चलाएको अभियानको निरन्तर विरोध गरेपनि संक्रमितको संख्या शुन्यमा झर्नुले अहिले आएर महामारी नियन्त्रणमा निजगढ नगरपालिका सफल रहेको कुरा पुष्टि भएको पनि खनालले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…