प्रदेश २ मा घटन थाले कोरोना सँक्रमित
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । बुधबार प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजय कुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परी

२०७७ असोज ७ बुधबार, बेलुकी ७:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । बुधबार प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजय कुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
उनले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताए ।
झाले बुधबार थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ / १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए । उनले बुधबार कोरोना भाइरसका कारण प्रदेश नं. २ मा सिरहाको औरही गाँउपालिका वडा नं. ३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताए।
योसँगै प्रदेश २ मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…